काठमाडाैं– राजधानीमा अायाेजित काठमाडौं भ्याली अन्तरविद्यालय चित्रकला प्रतियाेगितामा संस्कृति इन्टरनेसनल स्कुलका कक्षा छात्र गोपेश बाहेती प्रथम भएका छन्। उपत्यकाभित्रका ५३ वटा विद्यालयको सहभागिता रहेको उक्त प्रतियोगितामा ब्राइट होराइजन स्कुलका छात्र रविना थापा दोस्रो र हिलटाउन इन्टरनेसनल स्कुलका छात्र रोशन महर्जन तेस्रो हुन सफल भएका छन्।
_x000D__x000D_
प्रतियोगिताको टप १० विजेतामध्ये संस्कृति इन्टरनेसनल स्कुलका ६ जना सहभागीले मुख्य स्थान हात पारे। प्रतियोगितामा कक्षा ५, ६ र ७ का विद्यार्थीको एउटा समूह र कक्षा ८, ९ र १० को अर्को समूह निर्माण गरी दुई समूहमा विभाजन गरिएकाे थियाे।
_x000D__x000D_
पुष्पसदन आल्मुनियम एसोसिएसनले आयोजना गरेको उक्त प्रतियोगितामा संस्कृति स्कुलबाट सहभागी अन्य टप १० मा पर्न सफल विद्यार्थीमा सिद्धी बाहेती, आयुश नकर्मी, ऋतिका भट्टराई, कृति क्षेत्री, श्रेया भट्टराई रहेका छन्।
_x000D__x000D_
प्रतियोगितामा सहभागी संस्कृति इन्टरनेसनल स्कुलका कला विभाग प्रमुख ईश्वर डंगोलले यस्ता चित्रकलाका प्रतियोगिताले विद्यार्थीमा अन्तर्निहित सिर्जनशील क्षमता बाहिर आउने बताए। साथै उनले थुप्रै विद्यालयमा कला विषयका प्रशिक्षकको अावश्कयता रहेकाे बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।