काठमाडौं– कान्ति बाल अस्पतालको आकस्मिक कक्षमा डिउटीमा रहेका डाक्टरमाथि हातपात गरेको अभियोगमा पक्राउ परेका व्यक्तिलाई आपराधिक उप्रदवको मुद्दा दायर गर्ने तयारी भएको छ।
_x000D__x000D_
भदौ १ गतेबाट लागू भएको मुलुकी अपराध (संहिता) ऐन २०७४ को धारा २५८ अनुसार अस्पतालमा तोडफोड र डाक्टरमाथि हातपात गरेको अभियोगमा मुद्दा दायर गर्ने प्रक्रिया अगाडि बढाइएको हो।
_x000D__x000D_
अस्पतालको आकस्मिक कक्षमा बिरामीको उपचारमा खटिरहेको समयमा दोलखा स्थायी घर भएका प्रभात पोखरेलले डाक्टर मुकुन्ददेव सोनीमाथि हातपात गरेका थिए।
_x000D__x000D_
हाल सिनामंगल बस्दै आएका पोखरेलले डा सोनीमाथि शुक्रबार राती सवा ७ बजेतिर हातपात र दुव्र्यवहार गरेको डा सनी सिपाईले जानकारी दिए। डा सिपाईका अनुसार पोखरेलले डा सोनीमाथि हातपात सहित गालीगलौज समेत गरेका थिए।
_x000D__x000D_
डाक्टरहरुको उजुरीका आधारमा पोखरेलले प्रहरीले पक्राउ गरेको थियो। महाराजगन्ज प्रहरी वृत्तको हिरासतमा रहेका पोखरेलमाथि काठमाडौं जिल्ला अदालतबाट म्याद थप भई थप अनुसन्धान भइरहेको छ।
_x000D__x000D_
नायब उपरीक्षक फणीन्द्र प्रसाईंले अस्पताल तोडफोड र हातपात गरेको दृश्य अस्पतालको सीसीटीभीबाट फुटेज लिएर थप अनुसन्धान भइरहेको बताए। उनका अनुसार मुलुकी ऐन लागू भएपछि पहिलो पटक यस खालको मुद्दा दायर गर्न लागिएको हो। यस्ता अपराधमा यसअघि सार्वजनिक अपराधको मुद्दा लगाउने गरिन्थ्यो।
_x000D__x000D_
ऐनको धारा २५८ मा कसैले आपराधिक उपद्रव गर्न वा नहुने नहुने कुरा उल्लेख छ। सोही धारामा आपराधिक उपद्रवको व्याख्या समेत गरिएको छ।
_x000D__x000D_
जसअनुसार नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तहको पूर्ण वा अधिकांश स्वामित्व वा नियन्त्रण रहेको संगठित संस्था, सर्वसाधारण वा कुनै व्यक्तिलाई कुनै हानि, नोक्सानी वा क्षति पुर्याउन नहुने उल्लेख छ।
_x000D__x000D_
यस्तो कार्य गर्ने व्यक्तिलाई सोही दफाको उपदफा ३ अनुसार आपराधिक उपद्रव गरेका कारणले कसैलाई कुनै हानि, नोक्सानी भएकोमा ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना, सार्वजनिक सम्पत्तिमा क्षति भएमा ४ वर्ष सम्म कैद र ४० हजार रुपैयाँसम्म जरिवाना र क्षति अनुसारको क्षतिपूर्ति भराउने व्यवस्था छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।