काठमाडौं- पछिल्लो ७ वर्षको अवधिमा अध्ययन गर्न विदेश जाने विद्यार्थीको संख्या चार गुणाले वृद्धि भएको छ। विगत ७ वर्षमा अध्ययनका लागि सरकारसँग अनुमति लिएर करीब साढे दुई लाख विद्यार्थी विभिन्न देशका विश्वविद्यालयमा पुगेका छन्।
_x000D__x000D_
सात वर्षयता २ लाख ६० हजार ७ सय १३ जनाले विदेशमा अध्ययन गर्न अनुमति लिएको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक शिक्षा अनुमति शाखा प्रमुख देवीप्रसाद पौडलेले जानकारी दिए।
_x000D__x000D_
आर्थिक वर्ष २०६८/६९ मा १० हजार ३ सय २४ जनाले विदेशमा अध्ययन गर्न अनुमति लिएका थिए। सो संख्या बढेर गत आर्थिक वर्ष २०७४/७५ सम्म आइपुग्दा ५८ हजार ७ सय ५८ जना पुगेको मन्त्रालयको तंथ्याकमा उल्लेख छ। यो अवधिमा विदेश अध्ययन गर्ने जाने विद्यार्थी संख्या ५ गुणा वृद्धि भएको मन्त्रालयले जनाएको छ।
_x000D__x000D_
मन्त्रालयको पछिल्लो ४ वर्षयताको तंथ्याक हेर्न हो भने हाल औसतमा दैनिक साढे ३ सयभन्दा बढी नेपाली विद्यार्थी विदेशका विभिन्न विश्वविद्यालयमा पुग्ने गरेका छन्। विगत ७ वर्षदेखि अध्ययनका लागि विदेश जाने विद्यार्थीको संख्या निरन्तर रुपमा बढ्दै गएको शाखा प्रमुख पौडलले बताए।
_x000D__x000D_
नेपाल सरकारसँग अनुमति लिएर ७१ देशका विभिन्न विश्वविद्यालयमा नेपाली विद्यार्थी पुग्ने गरेका छन्।
_x000D__x000D_
_x000D__x000D_
विद्यार्थीको रोजाईमा अष्ट्रेलिया र जापान
_x000D_नेपाली विद्यार्थीको पहिलो रोजाइमा अष्ट्रेलिया पर्दै आएको छ। सात वर्षमा करिब ४० प्रतिशत विद्यार्थीले अष्ट्रेलियाका लागि अनुमति लिएको शाखाले जानकारी दिएको छ। करिब ७० हजार विद्यार्थी अष्ट्रेलिया गएको शाखाको तथ्यांकमा उल्लेख छ। अष्ट्रेलियापछि नेपाली विद्यार्थीको रोजाईमा जापान पर्ने गरेको देखिएको छ।
_x000D__x000D_
गत सात वर्षमा करिब ५५ हजार विद्यार्थी अध्ययनका लागि जापान पुगेको शाखाले जानकारी दिएको छ। गत आर्थिक वर्षमा अस्टे«यापछि जापानमा सबैभन्दा बढी विद्यार्थी गएको देखिन्छ। गत आर्थिक वर्षमा ३२ हजार २ सय १२ विद्यार्थीले अष्ट्रेलिया जान मन्त्रालयबाट अनुमति लिएका थिए भने जापानका लागि १० हजार ३ सय ६६ जना विद्यार्थीले अनुमति लिएको शाखाले जानकारी दिएको छ।
_x000D__x000D_
नेपाली विद्यार्थीको प्राथमिकतामा अष्ट्रेलिया र जापान पर्छन्। तुलनात्मक रुपमा सजिलो भिसा प्रक्रिया र पढ्दै निश्चित समय काम गर्न पनि छुट भएका कारण नेपाली विद्यार्थी अष्ट्रेलिया र जापान जान रुचाउने गरेका छन्।
_x000D__x000D_
अष्ट्रेलियाले नेपाली विद्यार्थीको भिसा नीतिमा सहजीकरण गर्दै आएको छ। राम्रो आम्दानी पनि गर्न सकिने र भिसा पनि सहज भएका कारण अष्ट्रेलिया जान नसकेका धेरै विद्यार्थी जापान पुगिरहेको वैदेशिक शिक्षाका परामर्श केन्द्रले बताउदै आएका छन्।
_x000D__x000D_
गत आर्थिक वर्षमा १ हजार ९ सय जना विद्यार्थीले भारतका लागि अनुमति लिएका थिए। तर, भारतमा जाने सबै विद्यार्थीले अनुमति लिने गरेका छैनन्। भारतका हकमा परामेडिकल पढ्न जाने विद्यार्थीले छात्रवृत्तिका लागि मात्र अनुमति लिने गरेका छन्। भारतमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको संख्या ठुलै रहेको सरकारी अनुमान छ।
_x000D__x000D_
अध्ययनका लागि अनुमति लिएर चीन जाने विद्यार्थीको संख्या पनि बढ्दो छ। गत आर्थिक वर्षमा १ हजार ६ सय ३७ विद्यार्थीले अध्ययनका लागि अनुमति लिएका छन्। केही वर्ष अघिसम्म अध्ययनका लागि चीन जाने विद्यार्थीको संख्या निकै सानो रहेको शाखाको भनाई छ।
_x000D__x000D_
_x000D__x000D_
गत आर्थिक वर्षमा ७ सय ४५ जनाले अध्ययनका लागि बंगलादेश जान शाखाबाट अनुमति लिएका थिए। यसैगरी सरकारसँग अनुमति लिएर पोल्यान्ड, दक्षिण कोरिया, क्यानडा, न्युजिल्याण्ड, साइप्रस, जर्मनी र फ्रान्सलगायतका देशमा नेपाली विद्यार्थी जाने गरेका छन्।
_x000D__x000D_
७१ देश पुग्छन् नेपाली विद्यार्थी
_x000D_अध्ययनका लागि नेपाली विद्यार्थी ७१ वटा देश पुग्ने गरेका छन्। सरकारले हालसम्म ७१ देशमा अध्ययन अनुमति जारी गदै आएको छ। अष्ट्रेलिया, जापान, क्यानडा, अमेरिका, भारत, बंगलादेश, स्वीडेन, इस्टोनिया, लाट्भिया, जर्जिया, नेदरल्यान्ड, लक्जम्र्ब, इटाली, ओमान, आयरल्याण्ड,, स्लोभानिया, कतार, पाकिस्तान, साउथ अफ्रिकालगायतका ७१ मुलुकमा अनुमति लिएर नेपाली विद्यार्थी जाने गरेको शिक्षा मन्त्रालयले जनाएको छ।
_x000D__x000D_
_x000D__x000D_
यूएई, मोरिसस, माल्टा, थाइल्याण्ड, हंगेरी, डेनमार्क, चेक रिपब्लिक, मलेसिया, फिनल्याण्ड, रसिया, फिलिपिन्स, स्पेन, नर्बे र बहराइनलयागतका देशमा पनि नेपाली विद्यार्थी जाने गरेका छन्।
_x000D__x000D_
यसैगरी किर्गिस्तान, बेल्जियम, स्वीट्जरल्यान्ड, सिंगापुर, टर्की, साउदी अरब, लिथेयोनिया, इजिप्ट, उत्तर कोरिया, हङकङ, अष्ट्रिया, पोर्चुगल, अर्मानिया, श्रीलंका, रुस, ग्रीस, इजरायल, क्राएसिया, इन्डोनेसिया, बोस्निया हर्जगोभिना, ताइवान, टर्की र माल्दिभ्स लगायतका मुलुकमा पनि नेपाली विद्यार्थी जान सुरु गरेको सरकारको तंथ्याकमा उल्लेख छ। यस्तै, युक्रेन, रोमानिया, बु्रनाइ, भियतनाम, स्कटल्यान्ड जान पनि अनुमति लिने गरेका छन्।
_x000D__x000D_
यस बाहेकका नयाँ गन्तव्यमा समेत नेपाली विद्यार्थीको नजर पर्न थालेको छ।
_x000D__x000D_
सरकारसँगै छैन फर्कनेको तथ्यांक
_x000D_अध्ययनका लागि विभिन्न देशका विश्वविद्यालयमा पुग्ने नेपाली विद्यार्थी नेपाल फर्कन्छन् वा गन्तव्य मुलुकमै बस्छन्, यो विषयमा सरकार बेखबर छ। अध्यययन सकेर फर्किने विद्यार्थीको तंथ्याक सरकारसँग छैन।
_x000D__x000D_
विज्ञान, प्रविधि, व्यवस्थापन, मानविकी र स्वास्थ्यलगायतका विषय अध्ययन गर्न नेपाली विद्यार्थी विदेश जाने गरेका छन्।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।