काठमाडौं– सरकारले संविधान दिवसको अवसरमा नेपाली खेलकुदमा योगदान दिने एक दर्जन खेलाडी तथा खेलकर्मीलाई पदक दिने घोषणा गरेको छ।
_x000D__x000D_
एथ्लेटिक्स प्रशिक्षक धनीराम चौधरी, क्युकेसिन कराते खेलाडी सन्जु महर्जन र नेपाली राष्ट्रिय क्रिकेट टिमका युवा बलर सन्दीप लामिछानेलाई सरकारले प्रवल जनसेवा श्री चतुर्थ श्रेणीबाट सम्मान गर्न लागेको हो।
_x000D__x000D_
यस्तै रेसलिङ खेलाडी भरतबहादुर विसुराल (हिमालयन टाइगरलाई) समाज सेवा रत्न प्रदान गरिनेछ।
_x000D__x000D_
गत महिना इन्डोनेसियामा भएको एसियाली खेलकुदमा नेपालका लागि रजत पदक जित्ने प्याराग्लाइडिङ टिमलाई सुकीर्ति पदकबाट सम्मान गर्ने सरकारले निर्णय गरेको छ। जसमा प्याराग्लाइडिङकामुख्य प्रशिक्षक योगेश भट्टराई, सहायक प्रशिक्षक सानोबाबु सुनुवार, व्यवस्थापक शैलेन्द्र राउतसहित खेलाडीहरु विमल अधिकारी, विजय गौतम, सुशील गुरुङ, युकेश गुरुङ र विशाल थापा छन्।
_x000D__x000D_
संविधान दिवसको दिन घोषणा गरिएको पदक आगामी गणतन्त्र दिवसमा प्रदान गरिनेछ।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।