काठमाडौं– ऊर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र चिनियां राजदूत यु होङबीच भेटवार्ता भएको छ। सिंहदरवारस्थित ऊर्जामन्त्रालयमा बुधबार भएको भेटवार्तामा द्विपक्षीय हितका विषयमा छलफल भएको थियो।
_x000D__x000D_
भेटमा नेपाल र चीनबीच बनेको उर्जा संयन्त्रको पहिलो बैठक, ऊर्जा क्षेत्रमा गर्न सकिने सहकार्य र उर्जामन्त्रीको आगामी अक्टोबरमा हुन लागेको चीन भ्रमणको बिषयमा छलफल भएको थियो। नेपाल र चीनबीच पहिलो पटक ऊर्जा संयन्त्रकोे बैठक यही सेप्टेम्बर २७ र २८ मा काठमाडौंमा बस्दैछ। चीनसँग गरेको सम्झौताअनुसार नेपालले संयुक्त कार्यान्वयन संयन्त्र निर्माण गरिसकेको छ।
_x000D__x000D_
भेटमा मन्त्री पुनले संयन्त्रको बैठकमा अन्तरदेशीय प्रशारण लाइन र जलविद्यूत आयोजना निर्माणलगायतका विषयमा संयन्त्रको बैठकमा छलफल हुँदा त्यसले दुवै देशलाई फाइदा पुग्ने धारणा राखेका थिए। उनले नेपालको जलविद्युत क्षेत्रमा लगानीको वातावरण बनेको भन्दै चिनियां लगानीकर्तालाई लगानीको वातावरण बनाईदिन आग्रह गरे।
_x000D__x000D_
नेकपाका स्थायी समिति सदस्य समेत रहेका मन्त्री पुनले ग्रिड कनेक्सनसम्बन्धी बिम्स्टेक सदस्य राष्ट्रबीच भएको सम्झौताले बजार विस्तारमा टेवा पुगेकोे बताएका थिए,। चिनियाँ लगानीकर्तालाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह समेत गरेका पुनले सरकारको विकास र समृद्धिको सपनालाई पूरा गर्न पनि लगानी आवश्यक रहेको बताए।
_x000D__x000D_
बंगलादेशसंग भएको सम्झौताले बजार विस्तारमा थप सहयोग पुग्ने भन्दै मन्त्री पुनले सार्क फ्रेमवर्क सम्झौताअनुसार बिजुलीको आयात र निर्यातमा कुनै समस्या उत्पन्न नहुने बताए।
_x000D__x000D_
भेटमा राजदूत होङले उर्जामन्त्री पुनको पहलमा पहिलो पटक संयन्त्रको बैठक काठमाडौंमा बस्न लागेकोमा धन्यवाद ज्ञापन गरिन्। संयन्त्र बनेपछि दबै देशको उर्जा क्षेत्रमा फाईदा पुग्ने बताएकी थिइन्।
_x000D__x000D_
‘मन्त्रीज्युको पहलमा संयन्त्रको पहिलो बैठक काठमाडौंमा बस्न लागेको छ, यो पहिलो पाईंला भएपनि निकै महत्वपूर्ण बैठक हो। यो संयन्त्रबाट दुबै देशले आ–आफ्ना देशका समस्या र सम्भावना राख्न सजिलो भएको छ’ राजदूत होङले भनिन्।
_x000D__x000D_
प्रधानमन्त्री केपी शर्मा ओलीको गत जुनमा भएको भ्रमणका बेला इनर्जी को–अपरेशनमा हस्ताक्षर भएपछि दुबै देशबीच उर्जा क्षेत्रमा संयन्त्र निर्माण गर्ने सहमति भएको थियो।
_x000D__x000D_
चिनियाँ लगानीमा संचालित परियोजनामा भएका समस्या, नेपालले यसअघि ‘वेल्ट एण्ड रोड फन्ड’मा पठाएका परियोजना र प्रशारण लाइनको अवस्था र आगामी दिनमा उर्जा क्षेत्रमा गर्ने सहकार्यबारे छलफल भएको थियो।
_x000D__x000D_
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।