काठमाडौं– नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्यामा वृद्धि आएको छ। सन् २०१८ को जनवरीदेखि अगस्टसम्ममा नेपाल भ्रमणमा आउने पर्यटकको संख्या सन् २०१७ को सोही अवधिमा भन्दा १ लाखले बढेको छ।
_x000D__x000D_
नेपाल पर्यटन बोर्डका अनुसार सन् २०१८ को जनवरी देखि अगस्टसम्ममा नेपाल भ्रमणमा आउने पर्यटकटको संख्या ६ लाख ८० हजार ९ सय ९६ पुगेको थियो। तर, सन् २०१७ को सोही अवधिका यो संख्या ५ लाख ८० हजार १ सय ७५ मात्रै थियो। ८ महिनाकै अवधिका १ लाखभन्दा बढी पर्यटक नेपाल भ्रमणमा आइसकेका छन्।
_x000D__x000D_
अगस्ट महिनामा मात्रै नेपाल भ्रमणमा आउने भारतीय पर्यटकको संख्यामा ३७ दशमलब ३ र श्रीलंकाबाट आउने पर्यटकको संख्यामा ७४ दशमलब ५ प्रतिशतले वृद्धि भएको छ। साथै, सार्क देशबाट आउने पर्यटकको संख्यामा ४८ प्रतिशतले वृद्धि भएको छ।
_x000D__x000D_
यसैगरी ६३ प्रतिशतले चिनियाँ पर्यटक आगमन पनि बढेको छ। अगस्ट महिनामा मात्रै युरोपबाट आउनेको संख्या मात्रै २१ प्रतिशत भन्दा बढी छ। अगस्ट महिनामा ८७ हजार ६ सय ७९ जना विदेशी पर्यटक नेपाल घुम्न आएका बोर्डले जनाएको छ। तर, सन् २०१७ को अगस्ट महिनामा नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्या ७३ हजार ७ सय ७९ मात्रै थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।