इस्लामावाद, पाकिस्तान- पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरिफलाई छोड्न अदालतले आदेश दिएको छ।
_x000D__x000D_
दश वर्ष जेल सजाय तोकिएका सरिफलाई दुई महिनापछि अदालतले छोड्न आदेश दिएको हो। गत जुलाई महिनामा पूर्व प्रधानमन्त्री सरिफ र उनीकी छोरीलाई १० वर्ष जेल सजाय तोकिएको थियो।
_x000D__x000D_
तर उनीहरुले आफूहरुलाई लगाइएका आरोप झुटा भएको बताउँदै आएका थिए।
_x000D__x000D_
गत साता सरिफकी पत्नीको मृत्य भएपछि उनको अन्त्येष्टिका लागि थुनामुक्त गरिएको थियो।
_x000D__x000D_
अवैधानिक रुपमा विदेशमा सम्पत्ति लगेको आरोपमा सरिफ र उनीकी छोरीलाई गत जुलाई महिनामा १० वर्षे जेल सजाय तोकिएको थियो। एजेन्सी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।