काठमाडौं– क्विन्स इभेन्ट्स प्रा. लिले आगामी कार्तिक ९ देखि २० गतेसम्म आयोजना गर्न लागेको पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगिताका लगि आजदेखि खेलाडी दर्ता सुरु भएको छ।
_x000D__x000D_
पिपिएलमा खेल्न इच्छुक खेलाडीहरुले www.ppl-t20.com लन इन गरेर आफ्नो नाम दर्ता गराउन सक्नेछन्। दर्ता शूल्क १ हजार रुपैयाँ तोकिएको छ । दर्ता शुल्क इ–सेवामार्तफ तिर्न सकिने छ।
_x000D__x000D_
पिपिएलमा सहभागी हुने खेलाडीलाई क्याप्ड सिनियर, क्याप्ड एज लेभल र अनक्याप्ड गरी तीन श्रेणीमा विभाजन गरिएको छ। क्याप्ड सिनियरमा नेपालको सिनियर राष्ट्रिय टिमबाट प्रतिनिधित्व खेलाडीलाई राखिएको छ। क्याप्ड एज लेभलमा नेपालको उमेर समूह (यू–१५, यू–१७, यू–१९, यू–२१ र यू–२३) टिमको प्रतिनिधित्व गरेका खेलाडीलाई राखिएको छ। अनक्याप्ड श्रेणीमा नेपालको राष्ट्रिय र उमेर समूहको टिम खेलेका बाहेकका खेलाडीलाई राखिएको छ।
_x000D__x000D_
क्याप्ड सिनियर खेलाडीको न्यूनतम मूल्य (बेस प्राइस) ५० हजार रुपैयाँ राखिएको छ भने अधिकतम मूल्य (म्याक्सिमम प्राइस) २ लाख ५० हजार रुपैयाँ राखिएको छ। क्याप्ड एज लेभलको न्यूनतम मूल्य पनि ५० हजार राखिएको छ भने अधितम मूल्य १ लाख ५० हजार निर्धारण गरिएको छ। अनक्याप्ड श्रेणीको न्यूनतम मूल्य ३० हजार र अधिकतम मूल्य १ लाख रुपैयाँ रखेको छ।
_x000D__x000D_
पिपिएलका लागि एक टिमले न्यूनतम १५ खेलाडी र अधिकतम १८ खेलाडी आबद्ध गर्नु पर्नेछ। अक्सनबाट न्यूनतम १० खेलाडी आवद्ध गर्नु पर्नेछ। एक टिमले १ मार्की खेलाडी, २ जना विदेशी खेलाडी र २ जना लोकल आइकन प्लेयरलाई पनि राख्नु पर्नेछ।
_x000D__x000D_
पिपिएलमा दर्ता गराउने खेलाडीले आफ्नो क्याटागोरीअनुसार न्यूनतम मूल्य भन्दा बढाएर पनि आफ्नो मूल्य तोक्न पाउनेछन्।
_x000D__x000D_
खेलाडी दर्ता आजदेखि सुरु भएर ७ दिन भित्रमा (२५ सेप्टेम्बर, असोज ९ गते राति १२ बजे सम्म ) गराइसक्नु पर्नेछ।
_x000D__x000D_
६ टिमले पोखरा रंगशालास्थित क्रिकेट मैदानमा प्रतिस्पर्धा गर्ने पिपिएलमा सहभागी टिम घोषणा, मार्की प्लेयर घोषणा र खेलाडी अक्सनको घोषणा गर्ने तयारी अन्तिम चरणमा पिपिएलले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।