काठमाडौं– युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा स्पेनिस क्लब बार्सिलोनाले सानदार जित हात पारेको छ। बार्सिलोनाले मंगलबार राति सकिएको खेलमा नेदरल्यान्ड्सको क्लब पिएसभीलाई ४–० गोलले पराजित गर्यो।
_x000D__x000D_
समूह 'बी' को खेलमा पिएसभीविरुद्ध बार्सिलोनाका कप्तान लियोनल मेसीले ह्याट्रिक पूरा गरे। मेसीले खेलको ३१, ७७ र ८७ मिनेटमा गोल गरेका थिए। उस्मान डेम्बेलेले ७४ मिनेटमा बार्सिलोनाका लागि दोस्रो गोल गरेका थिए। ७९ मिनेटमा बार्सिलोना १० खेलाडीमा सीमित बनेको थियो। स्यामुयल उम्टिटी दोस्रो पहेँलो कार्ड पाउदै मैदान छाड्न बाध्य भएका थिए।
_x000D__x000D_
समूह बीकै अर्को खेलमा इटालीयन क्लब इन्टर मिलानले इंग्लिस क्लब टोटनह्यामलाई २–१ गोलले हरायो। टोटनह्यामका लागि इरिक्सनले ५३ मिनेटमा अग्रता दिलाएका थिए। तर इन्टरका इकार्डीले ८५ र भ्यासिनोले इन्जुरी टाइमको दोस्रो मिनेटमा गोल गरेर आफ्नो टिमलाई जित दिलाए।
_x000D__x000D_
_x000D__x000D_
यता समूह एको खेलमा एट्लेटिको म्याड्रिडले मोनाकोलाई २–१ गोलले हरायो। मोनाकोले १८ मिनेटमा ग्रान्डसरको गोलबाट पहिले अग्रता लियो। तर एट्लेटिकोका लागि डिएगो कोस्टाले ३१ र जिमिनेजले पहिलो हाफको इन्जुरी टाइमा गोल गरे। समूह एको अर्को खेलमा क्लब बर्गले बोरुसिया डर्टमुन्डलाई १–० गोलले हराएको छ।
_x000D__x000D_
समूह सीको खेलमा इंग्लिस क्लब लिभरपुलले फ्रेन्च क्लब पिएसजीलाई ३–२ गोलले पराजित गरेको छ। लिभरपुलका लागि स्टरिज ३० र मिल्नारले ३६ मिनेटमा गोल गरेका थिए। पिएसजीका म्यानुयरले ४० र एमबाप्पेले ८३ मिनेटमा गोल गरेपछि खेल २–२ को बराबरीमा आयो। तर रोबर्टो फिर्मिनोले इन्जुरी टाइमको पहिलो मिनेटमा गोल गरेर लिभरपुललाई सनसनीपूर्ण जित दिलाए। यो समूहको अर्को खेलमा नापोली र रेड स्टार बेलग्रेटले गोलरहित बराबरी खेलेका छन्।
_x000D__x000D_
_x000D__x000D_
समूह डीमा टर्कीस क्लब गालातासारेले रसियन क्लब लोकोमोटिभ मस्कोलाई ३–० हराएको छ। जर्मन क्लब साल्के र पोर्चुगिज क्लब एफसी पोर्टोले १–१ को बराबरी खेलेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।