रसुवा– पहिरोबाट विस्थापित भएका रसुवाको उत्तरगया गाउँपालिका १ सल्लेटारका ७ परिवारलाई उत्तरगया गाउँपालिकाले राहातका सामाग्री प्रदान गरेको छ।
_x000D__x000D_
मंगलबार सल्लेटारमा एक कार्यक्रमको आयोजना गरी विस्थापित ७ परिवारलाई गाउँपालिकाले खाद्यान्न तथा जस्तापाता प्रदान गरेको हो। विस्थापित परिवारलाई अस्थायी आवास निर्माणका लागि चाहिने सामाग्री सहित खाद्यान्न सामाग्री वितरण गरिएको उत्तरगया गाउँपालिकाका अध्यक्ष उपेन्द्र लम्सालले बताए।
_x000D__x000D_
उनले भने, ‘ जोखिममा परेका बस्तीका बासिन्दालाई तत्कालको लागि केही सहयोग हुने गरी जस्तापाता र खाद्यान्न सामाग्री प्रदान गरेका छौँ।’
_x000D__x000D_
प्रति परिवार २ बन्डल जस्तापाता, एक बोरा चामल, २ लिटर तेल, २ पाकेट नुन, २ केजी दाल र सोयाबिन लगायतका सामाग्री वितरण गरिएको उनले बताए।
_x000D__x000D_
गत साउन २६ गते बिहान गएको सुख्खा पहिरोले उत्तरगया गाउँपालिका १ सल्लेटारका हस्तबहादुर तामाङ, डल्ले तामाङ, रत्न बहादुर तामाङ, वीरबहादुर तामाङ, कान्छा तामाङ, भीमबहादुर तामाङ र गोपाल तामाङको परिवार विस्थापित भएका थिए।
_x000D__x000D_
विस्थापित परिवारलाई अहिले सुरक्षित स्थानमा राखिएको र स्थान्तरणका लागि पहल भइरहेको उत्तरगया गाउँपालिकाले जनाएको छ।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।