डडेल्धुरा– अमरगढी नगरपालिका–७ मा एक युवक मृत फेला परेका छन्।
मंगलबार अमरगढी नगरपालिका–७ पोखरा प्यारा मेडिकल कलेज नजिक रहेको खोलामा सोही ठाउँका अन्दाजी २२ वर्षीय इन्द्र ताम्राकार मृत फेला परेका हुन्।
घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुरा प्रहरी नायव उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिए।
उनले घटनाको प्रकृति हेदा ३/४ दिन अगाडि नै उनको मृत्यु भएको जस्तो देखिएको बताए। शव पोष्ट मार्टमका लागि उपक्षेत्रीय अस्पताल डडेल्धुरामा लगिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।