काठमाडौं– टी–२० क्रिकेटका नम्बर एक बलर रासिद खानले आगामी कार्तिक दोस्रो साता हुने पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगिताका लागि शुभकामना दिएका छन्।
अफगानिस्तानका बलर रासिदले भिडियो मार्तफ नेपाली क्रिकेट टिमका कप्तान पारस र सबै खेलाडीलाई पोखरा प्रिमियर लिगका लागि शुभकामना पठाएका हुन्। खान आइसिसीको टी–२० वरीयतामा पहिलो नम्बरका बलर हुन्। उनी एकदिवसीय बलरको वरीयतामा दोस्रो स्थानमा छन्।
क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिको आयोजनामा हुने प्रतियोगिता कात्तिक ९ देखि २० गतेसम्म हुँदैछ। पिपिएल पोखरा रंगशाला परिसरमा रहेको क्रिकेट मैदानमा सञ्चालन हुनेछ। मैदानमा पिच बनाउनका लागि भारतबाट क्युरेटर बोलाइएको तिव्र गतिमा काम भइरहेको छ।
पोखरा रंगशालास्थित क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाउनका लागि आयोजक क्विन्स इभेन्ट्सले आफ्नै पहलमा काम अघि बढाइरहेको छ। लिगमा ६ शहरका टिमबीच प्रतिस्पर्धा हुनेछ।
भिडियो :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।