कैलाली– कैलालीको भजनीबाट अवैध ब्राउन सुगरसहित दुई युवा पक्राउ परेका छन्।
र्इलाका प्रहरी कार्यलय भजनी र शसस्त्र प्रहरीको संयुक्त टोलीले गस्तीका क्रममा भजनी नगरपालिका –३ स्थित कुसुमघाटबाट बर्दगोरीया गाउँपालिकाका अन्दाजी १७ बर्षिय २ युवकलाई अवैध ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ।
उनीहरूको साथबाट ६ पुरिया अवैध ब्राउन सुगर बरामद गरेको ईलाका प्रहरी कार्यालय भजनीले जनाएको छ।
उनीहरूले बेला बेलामा नाम ठेगाना फरक फरक बताइरहेको प्रहरीले जनाएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।
पक्राउ परेका आरोपीलाई अवैध लागूऔषध ओसारपसार कारोबार ऐन अन्तर्गत मुद्दा चलाइने प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।