कान्दाहार– अफगानिस्तानमा चौध महिने बालकमा पोलियो रोग देखा परेको छ।
दक्षिण प्रान्त कान्दाहारको प्रान्तीय राजधानी कान्दाहार शहरबाट कैयौँ किलोमिटर उत्तरमा पर्ने इलाकामा एक बालकमा पोलियोको भाइरस रहेको देखिएको हो।
अफगानिस्तानमा यस वर्षको सुरुदेखि हालसम्म ११ जनामा पोलियो रोगको भाइरस देखापरेको सार्वजनिक स्वास्थ्य अधिकारीले मंगलबार जानकारी दिएका छन्।
प्रान्तीय राजधानी कान्हादार सहरबाट उत्तरमा पर्ने एक क्षेत्र लोया वियालीमा एघार महिने बालकमा सो रोग देखापरेको प्रान्तीय स्वास्थ्य निर्देशक अब्दुल कयुम पाख्लाले जानकारी दिए।
कान्दाहार सहरबाट कैयौँ किलोमिटर उत्तरमा पर्ने लोया वियालीमा खुल्ला शौचालयको प्रयोग हुने र सफा पानीको पनि अभाव भएको कारण सो रोग देखापरेको सरकारी अधिकारीले जानकारी दिएका छन्।
गत अगस्टको सुरुमा नै विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) र युनिसेफको अफगानिस्तानभरी सुरु गरेको पोलिया विरुद्धको खोपकोे अभियानमा अफगान सार्वजनिक स्वास्थ्य मन्त्रालयले पनि सहयोग गरेको थियो।
पाँच दिनसम्म चलेको यस अभियानमा ५ वर्षभन्दा मुनिका ९ लाख ९० बालबालिकालाई पोलियो विरुद्धको खोप लगाइएको थियो। (रासस/एपी)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।