काठमाडौं- नेपाल निर्माण व्यवसायी महासंघको २०औ साधारण सभा आगमी असोज ४ गते हुने भएको छ। मंगलबार महासंघले आफनै कार्यलयमा पत्रकार सम्मेलन गरी निर्माणबाट समृद्धि भन्ने नाराका साथ साधारण सभा असोज ४ गते राजधानीमा गर्ने जानकारी दिएको छ।
आगामी साधारण सभाबाट महासंघले राजनीतिकरण नगरी नेतृत्व छनोट गर्ने महासंघका अध्यक्ष विष्णुभाइ श्रेष्ठले पत्रकार सम्मेलनमा बताएका छन्। निर्माण व्यवसायीको सुरक्षा, हकहित र संगठित गर्ने विषयमा महासंघको ध्यान केन्द्रित हुने उनको भनाई छ।
महासंघमा आवद्ध ७७ जिल्लाका निर्माण व्यससायी संघका १२ हजार ५ सय सदस्य रहेका छन्। सरकारले निर्माण क्षेत्रमा हाल दुई खर्ब लगानी गदै आएको महासंघको भनाई छ। विकास बजेटको लगभग ६० प्रतिशत रकम निर्माण क्षेत्रमा खर्च हुदै आएको छ। निर्माण क्षेत्रमा करिब १५ लाख नागरिकले रोजगारी पाइरहेको महासंघको भनाई छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।