बझाङ- सदरमुकाम चैनपुरमा सञ्चालित समता बोर्डिङ स्कुलमा अध्ययनरत एक बालकको रहस्यमय मृत्यु भएको छ। नर्सरीमा अध्ययनरत जयपृथ्वी नगरपालिका ७ का ५ वर्षीया नगीन कुँवरको रहस्यमय मृत्यु भएको हो।
सोमबार विद्यालय छुट्टी भएर अरु विद्यार्थी घर जाने क्रममा उनी भने कक्षाकोठाभित्रै बेहोस अवस्थामा फेला परेका थिए। उनलाई उपचारका लागि जिल्ला अस्पताल लैजाँदै बाटोमै ज्यान गएको प्रिन्सीपल योगिता जोशीले बताइन्।
डाक्टरहरुका अनुसार बालकको टाउकोपछाडि चोट लागेको छ। '३ बजेर ५ मिनेटमा छुट्टी हुन्थ्यो। हामी सबै बालबालिकालाई अभिभावकको जिम्मा लगाउँदै थियौं,' प्रिन्सिपल जोशीले भनिन्, 'कसरी यस्तो घटना भयो हामी अचम्मामा परेका छौं।'
जिल्ला प्रहरी कार्यलय बझाङले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।