नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको गैँडाकोटमा गएराति दुर्घटनामा परी एक युवतीको मृत्यु भएको छ।
गैंडाकोट–२ भृकुटी चोकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना१८प १२४६ नं को स्कुटर र विपरीत दिशाबाट आउँदै गरेको ना४१प २६७५ नं को स्कुटर एकापसमा ठोक्किँदा सो दुर्घटना भएको हो।
दुर्घटनामा परी ना४१प २६७५ नं को स्कुटर चालक चितवन गुञ्जनगर–४ की २६ वर्षीया अनिशा रानामगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुर्घटनामा परी गम्भीर घाइते रानाको उपचारको क्रममा चितवनस्थित नयाँ मेडिकल कलेजमा मृत्यु भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।