बझाङ– जिल्लाको सदरमुकाम चैनपुरस्थित समता बोर्डिङ स्कुलमा एक बालकको रहस्यमय मृत्यु भएको छ। नर्सरीमा अध्यानरत जयपृथ्वी नगरपालिका वडा नम्बर ७ का ५ वर्षीय नगीन कुँवरको रहस्यमय मृत्यु भएको हो।
सोमबार विद्यालयको कक्षा कोठा भित्रै बेहोस अवस्थामा फेला परेको स्कुलकी प्रिन्सिपल योगीता जोशीले बताइन्। बेहोस अवस्थामा कक्षाकोठामा पल्टिएका बालकलाई उपचारका गर्न जिल्ला अस्पतालमा लैजाँदै गर्दा बाटो नै उनको मृत्यु भएको बताइएको छ।
जिल्ला अस्पतालका डाक्टरका अनुसार बालकको टाउकोको पछाडी पट्टी चोट लागेको पाईएको थियो। ‘घटना कसरी घट्यो भन्ने पत्तै भएन। हामी पनि आश्चर्यमा परेका छौं’ प्रिन्सिपल जोशीले बताइन्। घटनाबारे अनुसन्धान भै रहेको जिल्ला प्रहरी कार्यलय बझाङले बताएकोे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।