काठमाडौं– अभिनेत्री सोविता सिंखडा पछिल्लो समय अभिनयबाट टाढा छिन्। फिल्म ‘द लास्ट किस’ उनको अन्तिम प्रदर्शनमा आएको फिल्म हो। सञ्चारकर्मीबाट फिल्म क्षेत्रमा प्रवेश गरेकी सोविताले करिब एक दर्जन फिल्ममा काम गरिन्। तर ६ वर्षयता फिल्म नगरीमा उनको उपस्थिति शून्य छ।
उनै सोविता यतिबेला आफ्नै लेखनमा रहेको उपन्यास ‘वराङ्गना’को प्रचारमा व्यस्त छिन्। अभिनय क्षेत्रमा खड्किएको अभाव र समाजमा देखेको यथार्थ चित्रण अक्षरमार्फत लिपिबद्ध गर्न लेखनमा आएको सोविताको भनाइ छ।
ग्ल्यामरको दुनियाँमा कृत्रिम सुन्दरतामा रमाइरहेकी सोविता ढिलै भए पनि समाजको वास्तविक कथा बुझेर यसभित्रका सुन्दर कथाको चित्रणमा लागेको बताउँछिन्। सोविताका अनुसार उपन्यासमा एक सुन्दर दलित युवती पात्र ‘जुनकिरी’को कथा प्रस्तुत गरिएको छ। जुन कथाले पाठकको मन जित्न सक्ने उनको विश्वास छ।
उपन्यास 'वराङ्गना' असोज ५ गते सार्वजनिक हुँदैछ।
उनै नवउपन्यासकार सिंखडासँग नेपाल लाइभका लागि मनोज न्यौपानेले गरेको कला संवाद :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।