इटहरी- इटहरी उपमहानगरपालिकाले कक्षा १ देखि ८ सम्म छुट्टै स्थानीय पाठयक्रम बनाएर इटहरी चिनाउने पाठ्यपुस्तक तयार गर्ने भएको छ।
इटहरी उपमहानगर शिक्षा महाशाखाको बैठकले पाठयक्रम तथा पाठयपुस्तक निर्माणका लागि समन्वय समिति गठन गरी काम थाल्ने निर्णय गरेको हो। शिक्षा महाशाखा प्रमुख भुपेन्द्र कोइरालाका अनुसार आगामी शैक्षिक सत्रदेखि इटहरीका विद्यालयहरुको कक्षा १ देखि ८ सम्मको एउटा पुस्तक स्थानीयमा विषयवस्तुमा आधारित हुनेछ। पुस्तक नेपाली र अंग्रेजी दुवै माध्यमका हुनेछन्।
पुस्तकमा राष्ट्रिय पाठयक्रमले समेट्न नसकेका स्थानीय विषयवस्तुहरु समेटिने कोइरालाले जानकारी दिए। 'कक्षा ८ पास गरेका विद्यार्थीले इटहरीलाई मज्जाले चिन्नेछन्,' उनले भने, 'पाठ्यपुस्तकमा स्थानीय भूगोल, जातजाति, आर्थिक, सामाजिक, राजनीतिक, ऐतिहासिक, धार्मिक, सांस्कृतिक लगायतका विषयवस्तु समेटिनेछन्।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।