अङ्कारा, टर्की- निर्माणाधीन इस्तानबुलको तेस्रो विमानस्थलमा आन्दोलनका क्रममा पक्राउ गरिएका ६ सय जनामध्ये १६० जना कामदारलाई रिहा गरिएको छ।
श्रमिकलाई आवश्यक सुरक्षा नमिलाउँदा कामका सिलसिलामा श्रमिकको मृत्यु भएको भनी कामदारले आन्दोलन गरेका थिए। आन्दोलनलाई कमजोर पार्न सरकारी सुरक्षाकर्मीले सहभागी सयौंलाई शुक्रबार पक्राउ गरेको थियो। श्रमिकको पक्राउपछि आक्रोशित कामदारले पक्राउ परेका श्रमिकको रिहाइ र उनीहरूको मागका लागि देखाएको ऐक्यबद्धतापछि सरकार एक कदम पछि हटेको हो।
सबै क्षेत्रमा गरी करिब ३५ हजार कामदार विमानस्थल निर्माणका लागि लगाइएको र आगामी महिनासम्म विमानस्थलको निर्माण सम्पन्न गर्ने सरकारको योजनालाई श्रमिकको आन्दोलनले प्रभावित तुल्याएपछि सरकारले केही प्रदर्शनकारीलाई सुरक्षा नियन्त्रणमा लिएको थियो।
विमानस्थल निर्माणका क्रममा २७ जनाको ज्यान गएको भए पनि आधाभन्दा बढीको मात्रै कामका सिलसिलामा ज्यान गुमेको टर्कीको यातायात मन्त्रीद्वारा सार्वजनिक तथ्याङ्कमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।