काठमाडाैं- राष्ट्रिय जनता पार्टी, नेपालले प्रहरी नियन्त्रणमै रहेका बेला मृत्यु भएका बाँकेका राममनोहर यादवको घटनाको छानबिन गर्न संसदीय समिति गठन गर्न माग गरेको छ।
प्रतिनिधिसभाको आईतबारको बैठकमा विशेष समय लिएर बोल्दै राष्ट्रिय जनता पार्टी, नेपालकी सांसद चन्दा चाैधरीले प्रहरी नियन्त्रणमै मृत्यु भएका यादवको घटनाको तथ्य छानबिन गर्न संसदीय समिति गठन गर्न माग गरेका हुन्।
उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवलाई कालोझन्डा देखाउने क्रममा पक्राउ परेका यादवको प्रहरी नियन्त्रणमै रहेका बेला मृत्यु भएको थियो।
सांसद चौंधरीले निर्मला पन्तको हत्यारा अझै पत्ता लगाउन नसकेको भन्दै सरकारको चर्काे आलोचना गरे। उनले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरामा रेडलाईट एरिया तोकेर कर असुली गर्ने भनी दिएको अभिव्यक्तिले महिलाको बेइज्जत गरेको भन्दै आपत्ति पनि प्रकट गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।