युएई– हिन्दू महिलाहरुको चाड हरितालिका तीज दुबईमा रहेका नेपालीले भव्यतापूर्वक मनाएका छन् । तीज सांगितिक कार्यक्रममा नेपालदेखि कलाकाल बोलाएर मनोरञ्जन प्रदान गरिएको थियो।
आमन्त्रित कलाकार शान्ति श्री परियार, गायक दिपु मगर तथा गायक म्याक्सम खातीले मनोरञ्जनका प्रस्तुत गरेका थिए। दुबईको देरास्थित कार्लट्न देरा टावर तीज कार्यक्रम राखिएको थियो। मनोरञ्जनात्मक प्रस्तुतिमा दर्शकले गायक÷गायिकाले हलको वातावरणलाई तीजमय बनाएका थिए।
दाङ देउखुरी समाज ,अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज र प्युठान स्वर्गदारी सेवा समाजले तीज सागीतिक कार्यक्रम आयोजना गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।