काठमाडौं – भ्याली फिल्म एकेडेमीको प्रस्तुतीमा फिल्म ‘कप्टी’ निर्माण गर्ने अाैपचारिक रुपमा घोषणा भएको छ। शनिबार काठमाडौंको मैतिदेवी मन्दिरमा निर्माण घोषणासहित शुभ-मुहुर्तसमेत एक साथ सम्पन्न भयो।
भुपेन्द्र गुरुङको लेखन तथा निर्देशनमा रहने फिल्म ’कप्टी’मा उमेश गुरुङ, उर्मिला गुरुङ, शेरबहादुर गुरुङ, केशव राई, स्मृति बलामी, सोनी गुरुङ, विकास गुरुङ, बिनु गुरुङलगायतका कलाकारको अभिनय रहने छ।
मदन घिमिरेकाे छायांकन रहेकाे फिल्ममा नारायण रायमझी, मेलिना राई, धर्मेन्द्र सेवान, टिका पुन र तारा सिरिस मगरको गायन रहने छ।
प्रेमबहादुर गुरुङ, मिनु लामा, देवबहादुर गुरुङको संयुक्त लगानी रहने फिल्म मौलिक नेपाली कथामा रहेर निर्माण गरिने फिल्म युनिटले जानकारी गराएको छ। सोलुखुम्बुको जुबु र आसपासका क्षेत्रमा छायांकन गरिने फिल्म कप्टी आफ्नै पिताका हत्यारासँगको बदला र जीवन संघर्ष बोल्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।