काठमाडौं- साताको पहिलो दिन नेप्से परिसूचक ११ दशमलव ६९ अंकले बढेर १ हजार २ सय ५६ दशमलव ५३ अंकमा पुगेको छ।
‘क’वर्गका वाणिज्य बैंककाे कारोबार सूचक सेन्सेटिभ इन्डेक्स २ दशमलव ६६ अंकले बढेर २ सय ६६ दशमलव ९३ अंकमा पुगेको छ।
आइतबार १ सय ६६ कम्पनीको ९१ करोड ५२ लाख ९२ हजार २०४ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। कारोबार रकमका आधारमा एनएमबी बैंक सबैभन्दा अग्रस्थानमा छ। बैंकको ७ करोड १४ करोड ४ हजार १९१ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यस्तै नेपाल बैंकको ४ करोड ८७ लाख ३३ हजार ३ सय ३१ रुपैयाँ बराबरको सेयर खरीद-बिक्री भएको छ।
आइतबार कारोबार भएका सबै समूहमा हरियाली छाएको छ। लाइफ इन्स्योरेन्स समूहको सूचक सबैभन्दा बढी वृद्धि भएको छ। समूहको सेयर मूल्य ४८ दशमलव ५ अंकले बढेको छ। त्यस्तै उत्पादन तथा प्रशोधन समूह २६ दशमलव ५१ अंकले बढेको छ भने निर्जीवन बिमा समूह र विकास बैंक समूह २० अंकले बढेका छन्।
आइतबार भार्गव विकास बैंकका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। बैंकको सेयर मूल्य ९ दशमलव ५२ अंक अर्थात् प्रतिकित्ता १२ रुपैयाँ बढेको छ। त्यस्तै, नेरुडे लघुवित्त विकास बैंकको सेयर मूल्य प्रतिकित्ता ३७ रुपैयाँले बढेको छ।
यता सर्वाधिक गुमाउनेमा एक्सेल डेभलपमेन्ट बैंकका लगानीकर्ता परेका छन्। बैंकको सेयर मूल्य प्रतिकित्ता १२ रुपैयाँले घटेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।