काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले हरेक पक्षमा परिणाम हेर्ने बताएका छन्।
सुदुरपश्चिमाञ्चल विश्वविद्यालयको सातौं विश्वविद्यालयसभाको आइतबार बालुवाटारमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने– 'म कसैको मुख हैन कामको परिणाम हेर्छु।'
प्रधानमन्त्री ओलीले सुदुरपश्चिमलाई सुन्दर र विकसित बनाउनुपर्ने बताए।
प्रधानमन्त्री ओलीले सुदुरपश्चिम विकासमा पछि पर्यो भनेर सधैं गीत मात्र गाएर अघि नबढ्ने बताए। 'प्राकृतिक स्रोतले भरिपूर्ण सुदुरपश्चिमका सम्भावना धेरै छन्। यो क्षेत्रमा आवश्यक पर्ने कृषि,इन्जिनियरिङ,प्राविधिक जनशक्ति आदि सुदुरपश्चिमाञ्चल विश्वविद्यालयले उत्पादन गर्नुपर्दछ', उनले भने।
प्रधानमन्त्री ओलीले शिक्षामा एक वर्ष भित्र संख्यात्मक मात्र होइन गुणात्मक परिवर्तन हुने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।