दाङ– जिल्ला प्रहरी कार्यालय दाङले एक जनालाई युएसए अटोमेटिक पेस्तोल सहित पक्राउ गरेको छ। घोराही उपमहानगरपालिका–१३ बस्ने २७ वर्षीय विरबहादुर चौधरीलाई शनिबार राति घोराहीकै बुद्धि ग्यारेज नजिकै पेस्तोलसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
चौधरीलाई आइतबार सार्वजनिक गरिएको हो। चौधरीलाई खानतलास गर्दा ७.६५ क्यालिभर पेस्तोल, त्यसमा लाग्ने एक थान म्यागजिन, ४ राउन्ड गोलीसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख कृष्णहरि शर्माले जानकारी दिए। प्रहरीले उनले प्रयोग गरेको रा४प २४६६ नम्बरको पल्सर मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ।
लाखौं रकम ठगी गर्ने पक्राउ
यसैबीच जिल्ला प्रहरी कार्यालयले प्रहरीमा भर्ती गराइदिने भन्दै विभिन्न व्यक्तिहरुबाट लाखौं रकम ठगी गर्ने दोलखा भिमेश्वर नगरपालिका–१, चरिकोट घर भई काठमाडौं बस्दै आएका कालीबहादुर लामालाई पक्राउ गरेको छ।
लामालाई सिआइवीको सहयोगमा भदौ २७ गते काठमाडौंबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनले विभिन्न व्यक्तिहरुलाई प्रहरीमा भर्ती गराइदिने भन्दै प्रतिव्यक्ति करीब २ लाख ५० हजार रुपैयाँ ठगी गर्दै आएका खुल्न आएको छ।
उनी निवृत्त प्रहरी समेत हुन्। साथै लामाले मेट्रोसिटी सेक्युरिटी कम्पनी समेत चलाउँदै आएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।