तपस्वी बम्जनलाई बलात्कारको आरोप

Nepal Live

ललितपुर– तस्पवी राम बहादुर बम्जनले यौन दुर्व्यवहार गरेको एक युवतीले आरोप लगाएकी छन्।

ललितपुर स्थित सिआइएनको कार्यालयमा पत्रकार सम्मेलन गरी उनले बम्जनलाई आरोप लगाएकी हुन्।

पीडित युवतीद्धारा गर्न लागिएको पत्रकार सम्मेलन बम्जनका समर्थकले हस्तक्षेप गरेपछि बिथोलिएको थियो।

२०७१ देखि बम्जनसँगै रहेकी रौतहटकी युवतीले ०७३ असारमा बलात्कार गरेको आरोप लगाएकी छन्।

बम्जनले २०७३ पछि पटक पटक यौन दुर्व्यवहार गरेको उनले आरोप लगाइन्। बारामा पहिलो पटक बम्जनसँग भेट भएको उनले बताइन्। 

बम्जनसँगै गुम्बामा रहँदा यौन दुर्व्यवहार भोगेको उनले बताइन्। गुम्बाबाट अलग रहेपछि पैसा चोरेको आरोप आफूलाई लगाएको बताइन्। 

बलात्कारको घटना बाहिर ल्याउने चाल पाएपछि ८ लाख चोरेको आरोप लगाएको उनले बताइन्। अन्य महिलाहरु यौन दुर्व्यवहार नपरुन भनेर ढिलै भएपनि घटना बाहिर ल्याएको उनले बताइन्। 

सिआइएनमा युवतीले पत्रकार सम्मेलन गर्न लागेपछि बम्जनका अनुयायीको भीड लागको थियो। बम्जनका समर्थकले पत्रकार सम्मेलन बिथोल्न लागेपछि पत्रकार सम्मेलनमा प्रहरी बोलाइएको थियो। 

महिला अधिकारवादीहरूले युवतीलाई प्रहरीको जिम्मा लगाएका थिए। बम्जन विरुद्ध आइतबार प्रहरी अपराध महाशाखामा बलत्कारको मुद्धा दायर गर्ने बताइएको छ।

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार