रसुवा– रसुवाको गोसाईकुण्ड गाउँपालिका–२, टिमुरेमा निर्माणाधीन रसुवागढी जलविद्युत आयोजनाको अडिट २ मा पहिरो जाँदा मृत्यु भएका दुवै जनाको सनाखत भएको छ। शनिबार बेलुका ९ बजे आयोजनाको अडिट २ मा सुख्खा पहिरो जादाँ दुई जनाको मृत्यु भएको थियो।
मृत्यु हुनेमा रुकुमको भुमे गाउँपालिका –२ का ४८ वर्षीय भिम रोक्का र मकवानपुर हेटौँडा–११ का २२ वर्षीय रमेश कर्पौला रहेका छन्। पहिरोमा परी गम्भीर घाइते ३ जनालाई थप उपचारका लागि राति नै काठमाडौं लगिएको छ भने १ जनाको जिल्ला अस्पताल धुन्चेमा उपचार भइरहेको छ।
अन्य ४ जना घाइते भने स्वास्थ्य चौकी टिमुरेमा सामान्य उपचारपछि घर फर्किएको रसुवाका प्रहरी नायब उपरिक्षक सन्तोष तामाङले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।