नेपालगन्ज– हुम्लाको चंखेली गाउँपालिकाको वडा नं ५ स्थित परिगाउँमा आज दिउँसो पहिरोमा परेर २ जनाको मृत्यु हुनुका साथै ४ जना घाईते भएका छन्। चंखेली गाउँपालिका वडा नम्बर ५ बसन्ती तामाङ र अनिता तामाङको मृत्यु भएको वडा अध्यक्ष भैरव तामाङले बताए।
बसन्ती अनमी हुन् भने केही दिन पहिलेमात्र मात्र सिमीकोटबाट चंखेली पुगेकी थिइन्।
पहिरोमा परी घाईते भएका ४ जनालाई गाउँपालिकाको वडा कार्यालयले हेलिकोप्टर चार्टर गरी उद्धार गरेको छ। एक जनाको सिमीकोट अस्पतालमा र गम्भीर तीन जनालाई थप उपचारका लागि नेपालगन्ज ल्याएको वडा अध्यक्ष तामाङले बताए। अध्यक्ष तामाङ घाईते बालबालिकाको उपचारमा आफै लागेका छन्।
सिम्रिक एयरको हेलिकोप्टर चार्टर गरेर पहिले सिमिकोट अस्पताल पुराएको जानकारी तामाङले दिएका छन्। तर त्यहाँ पनि उपचार सम्भव नभएपछि तीन जनालाई सोही हेलिकोप्टरबाट नेपालगन्ज ल्याईपुराएको वडा अध्यक्ष तामाङले बताए।
घाइते हेमन्त तामाङ, बिनिता तामाङ, र युकेश तामाङको नेपालगन्ज मेडिकल कलेजको शिक्षण अस्पताल नेपालगन्जमा उपचार भईरहेको छ। युकेश तामाङको टाउकोमा गम्भीर चोट लागेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।