काठमाडौ- कञ्चनपुरमा १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएकाे घटनाकाे अनुसन्धानमा लापरबाही भएको भन्दै सरकारकाे अालाेचना भइरहेका बेला गृह मन्त्रालयले थप ५ प्रहरी निलम्बन गरेकाे छ।
यसअघि भदौ ७ गते सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिको सिफारिसमा पाँच जना प्रहरीलाई निलम्बन गरिएकाे थियाे।
डिएसपी ज्ञानबहादुर सेटी, डिएसपी अंगुर जिसी, प्रहरी निरीक्षक जगदीश भट्ट, एकेन्द्र खड्का, प्रहरी सहायक निरीक्षक रमासिंह धामी निलम्बनमा परेका हुन्।
मन्त्रालयले तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख डिल्लीराज विष्टलाई भदौ ९ गते निलम्बन गरेको थियो।
गृह मन्त्रालयले जारी गरेकाे विज्ञप्ति जस्ताकाे तस्तै
याे पनि पढ्नुहाेस्:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।