साढे ३३ किलो सुन प्रकरण : एसएसपी लोहनीलाई साधारण तारेखमा छाड्न उच्च अदालतको आदेश

Nepal Live

काठमाडौं– साढे ३३ किलो सुन प्रकरणका आरोपी एसएसपी दिवेश लोहनीलाई साधारण तारेखमा रिहा गर्न उच्च अदालतले आदेश दिएको छ।

उच्च अदालतले एसएसपी लोहनीलाई प्रहरी ऐन अनुसार कारबाही गरे पुग्नेमा जघन्य अपराधको मुद्दामा जेल हालिएको ठहर गरेकाे छ। न्यायाधीशद्वय नागेन्द्र लाभ कर्ण र सारङ्गा सुवेदीको सयुक्त इजलाशले उनलाई तारेखमा छोड्न आदेश दिएको हो।

याेसँगै साढे ३३ किलो सुन प्रकरणमा जिल्ला अदालतको थुनामा पठाउने आदेश बदर भएकाे छ।

३३ किलो सुन तस्करीको अनुसन्धान गर्न बनेको उच्चस्तरीय समितिले एसएसपी लोहनीलाई गत बैसाख १८ गते पक्राउ गरेको थियो। तत्कालीन समय बयानका लागि जिल्ला प्रहरी कार्यालय मोरङ पुगेका लोहनीलाई पक्राउ पुर्जी थमाएर अदालत पेस गरिएको थियो।

लाेहनीलाई सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा गत जेठ ८ गते पुर्पक्षका लागि जेल चलान गरिएको थियो। बयानपछि मोरङ जिल्ला अदालतले थुनछेक आदेश गर्दै लोहनीलाई जेल चलानको आदेश दिएको थियो।

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार