काठमाडौँ– भारतको लखनउमा जारी एकदिवसीय क्रिकेट सिरिजअन्तर्गत आज सम्पन्न दोस्रो खेलमा नेपालको यू–१९ टोली भारतको यू–१९ ‘ए’सँग पराजित भएको छ ।
लखनउस्थित एकाना अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा भएको खेलमा नेपाल ८ विकेटले हारेको हो । टस जितेर ब्याटिङ गर्दै नेपालले ४५.५ ओभरमा सवै विकेट गुमाएर १५६ रन बनाएको थियो । एक सय ५७ रनको विजयी लक्ष्य भारतले २४ दशमलव १ ओभरमा दुई विकेट गुमाएर पुरा गर्यो।
भारतका लागि वाईभि राथोडले अविजित ५९ रन तथा प्रभासिमरन सिंहले अविजित ४६ रनको योगदान दिए । कप्तान अनुज रावतले ४७ रन बनाए। बलिङतर्फ नेपालका लागि कमलसिंह ऐरी र पवन सर्राफले १–१ विकेट लिए ।
त्यसअघि ब्याटिङ गर्ने क्रममा नेपालका लागि सन्दीप जोराले सर्वाधिक ६६ रनको योगदान दिए । उनले ९३ बल खेल्दै एक छक्का र पाँच चौका हाने। तृतराज दासले ४६ तथा भीम सार्कीले २८ रन बनाए। बलिङतर्फ भारतका वाईडी मङवानी र अजयदेव गौडले ४–४ विकेट लिए ।
यसअघि नेपाल बुधबार भएको पहिल खेलमा भारतको यू–१९ ‘बी’सँग पराजित भएको थियो। नेपाली टोली भारतको यू–१९ ‘बी’सँग ४० रनले पराजित भएको थियो । प्रतियोगितामा भारतको यू–१९ ‘ए’ र ‘बी’ तथा नेपाल र अफगानिस्तानको यू–१९ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।
भारतमा अभ्यासरत नेपाली युवा टिम :-
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।