धनगढी– कैलालीको लम्कीमा यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
चिसापानीदेखि महेन्द्रनगरतर्फ जाँदै गरेको से१ख ११८८ नम्बरको यात्रुबाहक बस लम्की चुहा नगरपालिका–१ स्थित बल्चौर नजिकै दुर्घटना भएको हो।
प्रहरीका अनुसार २ जनाको घटनास्थलमै मृत्यु भएको र अन्य ६ जना घाइते भएका छन्। मृत्यु हुनेमा लम्की चुहा–१ बस्ने अनिल वादीका १२ वर्षीय छोरा कृष्ण वादी र धनगढी उपमहानगरपालिका–३ बस्ने वर्ष ३५ का परचुङ (पिटर) तामाङ रहेका छन्।
शवलाई पोष्टमार्टमका लागि टीकापुर अस्पताल लगिएको र घाइतेहरुको लम्कीस्थित लालरत्न अस्पतालमा उपचार भइरहेको पनि प्रहरीले जनाएको छ।
घाइते हुनेमा ज्ञानु जोशी, विक्रम बोहोरा, अमन तामाङ, किरण बोहोरा, शिव खड्का र रामबहादुर चन्द रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।