काठमाडौं– शुक्रबारबाट नेपाली हलमा नयाँ फिल्म ‘साली कस्को भेनको’ सोलो प्रदर्शनमा आएको छ। विल्सन विक्रम राई, मरिस्का पोखरेलको मुख्य अभिनय रहेको फिल्मले सोलो प्रदर्शनको अवसर प्राप्त गरेको हो।
भद्र भुजेलेको निर्देशन, पुष्प आचार्यको कथा लेखनमा बनेको फिल्ममा विल्सन, मरिस्कासहित रजनी गुरुङ, सुस्मा कार्की, रवि गिरी, बुद्धि तामाङ लगायतको अभिनय रहेको छ।
साली कसको भेनाले यो हप्ता सोलो प्रदर्शनको मौका पाए पनि हलमा गत हप्ता प्रदर्शनमा आएका दुई नेपाली फिल्मको वर्चस्व भने कायमै छ। जसमा फिल्म रामकहानी र रोजले दोस्रो हप्तामा पनि हलमा राम्रो स्थान पाइरहेका छन्। यससँगै नेपाली हलमा नयाँ बलिउड फिल्म ‘मनमर्जिया’ र हलिउड फिल्म ‘द प्रिडेटर’ प्रर्दशनमा आएका छन्।
यसैगरी २ विदेशी फिल्म ‘स्त्री’ र हलिउड फिल्म ‘द नन’पनि नेपाली हलमा प्रदर्शनरत छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।