काठमाडौं– आगामी पुस २ देखि ११ गतेसम्म हुने साफ महिला च्याम्पियनसिप फुटबलमा नेपाल समूह ‘ए’ मा परेको छ ।
बङ्गलादेशको ढाकामा बिहीबार सार्वजनिक गरिएको समूह चरणको ड्रमा नेपालसहित बङ्गलादेश,भुटान र पाकिस्तान समूह ‘ए’ मा छन्। समूह ‘बी’मा भारत,माल्दिभ्स र श्रीलङ्का रहेका छन्।
भारतमा सम्पन्न पछिल्लो संस्करणमा नेपाल सेमिफाइनलमा भारतसँग पराजित भएको थियो । पाँचौ संस्करणको प्रतियोगिता श्रीलंकामा आयोजना हुनेछ। यसअघिका चारै संकरणको उपाधि भारतले जितेको थियो। नेपाल सुरुवाती तीन संस्करणको फाइनलमा पुगेपनि भारतसँग पराजित भएको थियो।
यता एएफसी यू–१६ महिला छनोटमा नेपाल, मलेसिया, म्यानमार र फिलिपिन्स परेका छन्। सेप्टेम्बर १९–१३ सम्म हुन् प्रतियोगिता एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ। नेपालले पहिलो खेलमा फिलिपिन्ससँग खेल्नेछ। समूह विजेता टिम अन्तिम चरणका लागि छानिनेछ।
साफ यू–१८ महिला च्याम्पियनसिपमा नेपाल, बंगलादेश र पाकिस्तान एकै समूहमा परेका छन्। अर्को समूहमा भारत, माल्दिभ्स र भुटान छन्। प्रतियोगिता सेप्टेम्बर २८ देखि भुटानमा हुनेछ।
नेपालमा अक्टोबर २५ देखि आयोजना हुने साफ यू–१५ च्याम्पियनसिपमा नेपालले समूह चरणमा बंगलादेश, माल्दिभ्स र पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने भएको छ। अर्को समूहमा भारत, भुटान र श्रीलंका परेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।