निलम्बित एसपी विष्टसहित श‌ंकास्पद ३ जनाको डिएनए परीक्षण सुरु

Nepal Live

काठमाडौं– प्रहरी प्रधान कार्यालयले निर्मला पन्त बलात्कार–हत्या प्रकरणको सत्यतथ्य पत्ता लगाउन निलम्बित एसपी डिल्लीराज विष्ट तथा घटनामा संलग्न रहेको आरोप लगाउँदै कारबाहीको माग गरिएका अन्य २ जनाको डिएनए परीक्षण सुरु गरेको छ।

नेपाल प्रहरी र त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विज्ञ डा हरिहर वस्तीसहितको टोलीले निलम्बित एसपी विष्ट, उनका छोरा किरण विष्ट तथा भीमदत्त नगरपालिका (कञ्चनपुर)का नगरप्रमुख सुरेन्द्र विष्टका भतिज आयुष विष्टको डिएनए परीक्षण सुरु गरेको हो।

यसअघि मुख्य अभियुक्त मानिएका दिलिप सिंह विष्टको डिएनए परिक्षण गर्दा घटनामा संलग्न नरहेको पाइएपछि सामान्य तारेखमा मंगलबार रिहा गरिएको थियो। उनीसँगै घटनामा संलग्न रहेको आशंकामा गिरफ्तार गरिएका रोसनी बमलाई सामान्य तारेखमा तथा बबिता बमलाई ३० हजार रुपैयाँ धरौटीमा छोडिएको थियाे।

शंकास्पद मानिएका तीन जनाको घटनामा संलग्नता नदेखिएपछि प्रहरीले नयाँ शिराबाट अनुसन्धानलाई अगाडि बढाएको हो।

न्यायको लागि हाल काठमाडौं आएका निर्मलाका बुवाआमा तथा आफन्तले निलम्बित एसपी विष्ट, उनका छोरा तथा मेयरका भतिजाको पनि डिएनए परिक्षण हुनुपर्ने माग राखेका थिए।

घटना भएको ४९ दिन पुगिसक्दा पनि प्रहरी निर्मला पन्तको हत्यारा पत्ता लागउन असमर्थ छ।

प्राप्त प्रतिकृयाहरू

सारदा अधिकारी
बम दिदीबहिनीको बयान त खुलाएनन् ?DNA को Report झन के आउला सत्य ।ती दुईलाई जम्मा चार थप्पड हान्यो भने कारण पता लाग्ने घटनाको येति ठूलो जालझेल किन होला ?

चिन्तामणि
DNA test को नटक किन चाहियो। अपराधी बचाउने र निर्दोषलाइ फसाउन खोज्ने सबका सब खास अपराधी हुन । ती सबलाइ टुडिखेलमा लगेर कोर्‍आ लगाए, बकि हाल्छन सहि तथ्य।

Singha bdr Waiwa Tamang
फलाना ढिस्काना भनेर चूप लाग्नुहुंदैन, जो परे पनि कारबाही गरिनुपर्छ, अनि पो जनता ढूक्कसंग बांच्न पाउंछन्, सबैलाई चेतना भया !!!

Surendra singh mahata
हामि नेपालि हौ हाम्रो देश नेपाल एउटि बालिकाको बलात्कारी ति नेपालि देश दुरही लाई जल्दि जे भएर पनि छिटो भन्दा छिटो तिनिहरूलाई पोक्रेर ति दुस्ट पापिहरूलाई काडा भन्दापनि तिनि लाई तडपाई तडपाई फासि गर्नुपर्छ यो मेरो प्रतिक्रिया भो हाल india punjab

Phudoma Sherpa
It should be solved immediately as soon as possible. I wish murderer could get punishment so that no one dare to do such crime.

bhim chandra limbu
अब आया खेलका मजा। यी तिन जनाको DNA पक्कै मिल्छ ।फोरेन्सिक बिज्ञ हरिहर बस्ती लाइ जिम्मा नदिनु पर्ने हो किनकी उनि नेपाल प्रहरी कै जागिरे हुन सहि रिपोर्ट नआउन सक्छ।

bhim chandra limbu
अब आया खेलका मजा। यी तिन जनाको DNA पक्कै मिल्छ ।फोरेन्सिक बिज्ञ हरिहर बस्ती लाइ जिम्मा नदिनु पर्ने हो किनकी उनि नेपाल प्रहरी कै जागिरे हुन सहि रिपोर्ट नआउन सक्छ।

Ram
S.P. Ko chora, mayer Ko vatij, bam didi-bahini jo sukai vaye pani sankaspad byaktiharulai kathgharama lyaera chhanbin hunuparchha.

राम हरि तिवारि
मिल्दैन मिल्दैन अपराधी सङग d n a test किनकि नेपाल मा सब बिकाउ छ सामान्य अपराधी हरु को dna test बिक्छ भने इनि हरु त हाइप्रोफाइल gang reper हुन!

Arya stha
आनि त्यो घर मा भारत बाट पनि मन्त्री हरु आउने जने गरेको भन्ने सूनिन्छ यदि भारत को मान्छे सँग यहा को ठुलो मान्छे को लोमतो रैछ भने के गर्ने के यहाँ बस्ने मान्छे को DNA ले थाहा हुन्छ त????

ramesh prasad
हत्यारा र वलत्कारी लाई फासी हुनै पर्छ। पिडितले न्याय पाउनै पर्छ।

प्रमोद तामाङ
कुनै पनि मुद्दाको फैसला गर्नको लागि प्रहरिको अनुसन्धानलाइ नै सर्बोपरी ठानी र आधार बनाएर सम्मानित अदालत ले फैसला गर्ने र सुनाउने गर्छन र यसमा प्रहरी को भुमिका अहम हुन्छ तर कुनै पनि घटनालाइ आर्थिक लाभ लिइ तथा आफ्नो मान्छे भनी अनुसन्धानलाइ कुनैपनी प्रहरिले कमजोर बनाउछ भने त्यस्ता प्रहरी हरु पनि सजायको भागिदार हुन्छन चाहे त्यस्ता प्रहरी उच्च ओहदा मा नै किन नहोस ।

प्रमोद तामाङ
कुनै पनि मुद्दाको फैसला गर्नको लागि प्रहरिको अनुसन्धानलाइ नै सर्बोपरी ठानी र आधार बनाएर सम्मानित अदालत ले फैसला गर्ने र सुनाउने गर्छन र यसमा प्रहरी को भुमिका अहम हुन्छ तर कुनै पनि घटनालाइ आर्थिक लाभ लिइ तथा आफ्नो मान्छे भनी अनुसन्धानलाइ कुनैपनी प्रहरिले कमजोर बनाउछ भने त्यस्ता प्रहरी हरु पनि सजायको भागिदार हुन्छन चाहे त्यस्ता प्रहरी उच्च ओहदा मा नै किन नहोस ।

मुक्ति संजेल
जिज्ञासा ::::: हाम्रो मुलुकमा हालसम्म धेरैजसो चेलीबेटी बलात्कारको सिकार भएका छन् कसैको अपराधी पत्ता लागेका छन् कसैका त्यत्तिकै भएको छ । कसैले सजाय पनि पाएका हाेलान काेहि खुला रुपमा पनि हिडेका हाेलान् हामी सर्बसाधारणलाई थाहा नभएकाे पनि हुन सक्छ । तर मैले नबुझेको कुरा यति धेरै चर्चा हुनकाे पछाडि के हाेला ?

Tilak sharma
त्यस्ता बलात्कारिलाइ त फाँसी दुनु पर्छ। या त उपल्लो तहको मान्छे होस या त सानो तहको मान्छे

गणेश
यो सब नाटक हो

बिकास जिमि
डिनए को नौटङ्की गर्नु पर्दैन, निलम्बित एस्पि बिस्ट सहित तीन जनालाइ फाँसी हुनै पर्छ।

योसवैझुटो आरोर पुलिस माथि किन लगाको हो
तराईको केटीको वानि नि नराम्रो हुन्छ किनऐस्ता घट्नाहरु वार वार हुन्छन

sagar gadal
Yo ghatna ma thulo ko nai hat x

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार