काठमाडौं- काठमाडौं उपत्यकामा माेनाेरेल सञ्चालन गर्नेबारे चीनको निर्माण कम्पनी चाइना रेलवे कन्सट्रक्सन कर्पोरेसन (सिआरसिसी)ले काठमाडौं/ललितपुर महानगरपालिकालाई प्रारम्भिक सम्भाव्यता प्रतिवेदन हस्तान्तरण गरेकाे छ।
अाज काठमाडाैं र ललितपुर महानगरका मेयरद्वय क्रमश: विद्यासुन्दर शाक्य र चिरिबाबु महर्जनलाई सिआरसिसीका महाप्रबन्धक झाउ सिआओले अाज रेल निर्माणसम्बन्धी प्रारम्भिक सम्भाव्यता प्रतिवेदन हस्तान्तरण गरेका हुन्।
प्रतिवेदनमा १ खर्ब १६ अर्ब लागत अनुमान गरिएको छ भने मोनोरेलका लागि आवश्यक संरचना तयार गर्न ३ वर्ष लाग्ने उल्लेख छ।
तीन चरणमा निर्माण गर्नेगरी सम्झौता गर्दा उपयुक्त हुने प्रतिवेदनमा उल्लेख छ।
६ महिनामा डिपिअार बन्ने, त्यसकाे ६ महिनापछि काम सुरु गर्ने र त्यसपछिकाे ३ वर्षमा निर्माण सम्पन्न गर्न सकिने सिआरसिसीकाे प्रतिवेदनमा जनाइएकाे छ।
१७ वटा स्टेसन रहने मोनोरेल प्रतिघन्टा १०० किलाेमिटर गतिमा गुड्नेछ। जुन एक पटकमा ३ हजार यात्रु बाेक्ने क्षमताको रहने छ।
मोनोरेल प्राविधिक, भाैगाेलिक, वातावरणीय र अार्थिक रुपमा सम्भाव्य देखिएको छ। काेटेश्वर-कलंकी, कलंकी-महाराजगन्ज र महाराजगन्ज-काेटेश्वर खण्ड गरी तीन चरणमा संरचना निर्माण गर्नेगरी काम अगाडि बढाउन उपयुक्त हुने सिआरसिसीले जनाएकाे छ।
उपत्यकामा माेनाेरेलकाे सम्भाव्ता अध्ययनका लागि भन्दै गत जेठ ११ मा चिनियाँ कम्पनी सिआरसिसीलाई जिम्मा दिइएकाे थियाे। ६ महिनामा प्रतिवेदन बुझाउने जिम्मेवारी पाएपनि कम्पनीले अाधा समय बाँकी रहँदै प्रतिवेदन बुझाएकाे हाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।