एजेन्सी- एक बन्दुकधारीले अमेरिकाको क्यालिफोर्नियामा पत्नीसहित ५ जनाको हत्या गरेका छन्।
त्यहाँका एक कानुनी अधिकारी डोनी योङब्लडका अनुसार क्यालिफोर्नियाको बेकर्सफिल्डस्थित ट्रकिङ कम्पनीमा सो घटना भएको हो। 'ह्यान्डगन बोकेका उनले पहिले अरुलाई गोली प्रहार गरे,' उनले भने, 'त्यसपछि फर्किएर पत्नीमाथि गोली चलाए।'
घटनाबारे थप अनुसन्धान भएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।