संखुवासभा– संखुवासभाको सिलिचुङ गाउँपालिका–३, याचम्खा जन्तरे टोलमा पहिरो खस्दा ३५ घर जोखिममा परेका छन्।
लगातार ३ दिनदेखिको अविरल वर्षाले बुधबार रातिदेखि नै पहिरो खसेर जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। हालसम्म ६ घरपरिवार विस्थापित भइसकेका छन्।
घटनास्थलमा प्रहरी चौकी ताम्कुबाट प्रहरीको टोली खटिएर विस्थापित तथा जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सारिरहेको छ।
विस्थापित परिवारको उद्धार तथा राहतका लागि जनप्रतिनिधि र सरकारी कार्यालयहरुसँग समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।