काठमाडौं– फिल्म ‘पेशा’ निर्माण हुने भएको छ। निर्माण युनिटले हरितालिका तीजको अवसर पारेर बुधबार दिउँसो काेटेश्वरको महादेवस्थानमा फिल्मको शुभ साइतसहित निर्माण घोषणा गरेको हो।
समसामयिक राजनीतिक घटना र चेलिबेटी बेचबिखनको कथामा आधारित रहेर बन्ने फिल्मलाई विश्वदिप घिमिरेले निर्देशन गर्नेछन्। फायर इन्टरप्राइजेज प्रालिको ब्यानरमा रोजन रखाल प्रस्तुतकर्ता रहेको फिल्ममा जीएस आलेको निर्माण रहने छ। फिल्मको कथा टिकाराम रखालले लेखेका हुन्।
फिल्ममा रोजन रखाल, प्रशान्त यादव, बालकृष्ण बन्जारा, पुरब बन्जारा, निशा सुनुवार, सरगम तामाङ, अनिता रसाइली लगायतको अभिनय रहने छ। फिल्ममा जनक पाख्रिनको नृत्य निर्देशन, राजुजंग थापाको द्वन्द्व, टंक बुढाथोकी र जीएस आलेको संगीत रहने छ।
२०७६ को तीजको अवसरमा सार्वजनिक गरिने फिल्मको बुधबारबाट नै छायांकन सुरु गरिएको फिल्म युनिटले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।