दाङ- करणी प्रयास गरेको आरोपमा दाङ प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।
तीजको नाच हेर्न गएको बेला पाँच वर्षीया बालिकालाई जबरजस्ती करणीको प्रयास गरेको अभियोगमा लमही नगरपालिका वडा नं ९ रिहार निवासी २४ वर्षीय राजु बुढा मगर पक्राउ परेका हुन्।मंगलबार बेलुका आमासँग नाच हेर्न गएकी बालिकालाई चकलेट देखाएर करणीको प्रयास गरेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरिक्षक अरुण कुमार सिंहले जानकारी दिए।
आमाले छोरीलाई नदेखेपछि खोजी गर्दा अलि पर छोरी रुँदै गरेको अवस्थामा भेटेपछि आमाले घटनाबारे थाहा पाई प्रहरीलाई खबर गरेकी थिइन्। घटनापछि फरार मगरलाई बुधबार बिहान पक्राउ गरेको वडा प्रहरी कार्यालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।