काठमाडौं- भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज उमा महेश्वरको पूजाराधना गरी मनाइँदैछ। भाद्र शुक्ल तृतीयामा व्रत बसी शिवपार्वतीको पूजा र उपासना गरेमा सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ। यो व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने तथा नारीले अटल सौभाग्य र अविवाहित केटाकेटीले गुण सम्पन्न वर वा वधु पाउने मान्यता छ।
तीजको अवसरमा आज देशभरमा विशेषगरी हिन्दु नारीहरुले बिहानै पवित्र तीर्थस्थल जलाशयमा गई नुहाइधुवाइ गरी व्रत लिएका छन्। काठमाडौंको पशुपतिनाथ क्षेत्रमा निकै भिड लागेको छ।
हेर्नुस् तस्बिरमा-
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।