दक्षिण कोरिया- नेपाली महिलाको पर्व हरितालिका तीजको रौनक कोरीयामा रहेका नेपालीमा पनि छाएको छ। तीज पर्वको पूर्वसन्ध्यामा आइतबार कोरियाका ५ स्थानमा छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरेर नेपालीहरु जमघट भए। कार्यक्रममा उपस्थित नेपाली पोषाकमा सजिएका नेपाली चेलीहरु र त्यहाँ घन्किएका तीज गीतले प्रवासमा पनि नेपालीहरुको देशप्रेम र नेपालको संस्कृतीप्रतिको माया स्पस्ट झल्किन्थ्यो।
दक्षिण कोरियामा नेपालीहरुको संख्या बाक्लिएसँगै नेपालका विषेश चाडहरुमा आपसमा जम्मा भएर रमाउने गरेका छन्। यस्ता अवसरमा कतिपय स्थानहरुमा नेपालबाट कलाकार बोलाएर पनि मनोरञ्जन गरिने गरिएको छ।
किमे सिस्टरहुडको कार्यक्रम
किमेमा रहेका नेपालीहरुको संस्था किमे सिस्टरहुडले गरेको कार्यक्रममा गायिका मञ्जु विकले आफ्नो प्रस्तुति दिइन्। त्यस्तै सुजता बस्नेत, सुरज केसी लगायतले नृत्य प्रस्तुत गरेका थिए।
गुल्मी सम्पर्क समितिको तीजगीत धमाका
सउलमा गुल्मी सम्पर्क समितिको तीजगीत धमाका सम्पन्न भयो। नेपालबाट ल्याइएका कलाकारहरु रामचन्द्र चन्द र रितु थापाको प्रस्तुति रहेको उक्त कार्यक्रममा ठूलो संख्यामा नेपालीहरु उपस्थित थिए।
स्याङ्जा समाज थेगुको कार्यक्रम
थेगुमा रहेका स्याङ्जालीहरुको संस्था स्याङ्जा समाज थेगुले पनि तीजगीत कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा गायिका रमिला गौतम लगायतले प्रस्तुति दिएका थिए।
पुर्कोट घर दक्षिण कोरियाको कार्यक्रम
कोरियाको फेन्थेकमा रहेका नेपालीहरुको संस्था पुर्कोट समाजले पनि आइतबार तीजगीत कार्यक्रम सम्पन्न गर्यो।
छानान आनसान नेपाली समाज
छानान आनसान नेपाली समाजले पनि नेपालीहरुको जमघट गराई तिजगीत कार्यक्रम सम्पन्न गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।