एजेन्सी- बितेका १० वर्षमा दीपिका पादुकोणको करिअर लोभलाग्दो छ। उनी एसियाकी सर्वाधिक पारिश्रमिक बुझ्ने तथा बेग्लै स्टारडम भएकी अभिनेत्री हुन्। 'पद्मावत' फिल्मले दीपिकाको फिल्मी करिअरलाई अझ उचाइ दियो। उनै दीपिकाका बारेमा उनका फ्यान एवं दर्शकले जान्नुपर्ने पाँच तथ्य यस्ता छन्:
१. आफ्नो ब्रेकअपका बारेमा खुल्ला अभिव्यक्ति
दीपिका त्यस्ता कम अभिनेत्रीमा पर्छिन् जसले आफ्नो व्यक्तिगत सम्बन्धका बारेमा सार्वजनिक रूपमा बोलिन्। आफ्नै सर्तमा जीवन जिउने दीपिकाले खुल्ला रूपमा आफ्नो प्रेम सम्बन्धको विरामको बारेमा बोलिन्।
२. डिप्रेसनको खुलासा गर्दै राष्ट्रिय बहसको सुरुवात
मानिसहरू आफूलाई लागेका थुप्रै रोगका बारेमा खुल्ला रूपले भन्ने गर्छन् तर 'डिप्रेसन'को बारेमा भने बोल्न मान्दैनन्। दीपिकाले त्यो मान्यतालाई तोड्दै आफू डिप्रेसन भएको खुलासा गर्दै रोगसँग कसरी लडेँ भन्ने बारेमा बोलिन्। यसबाट उनले मानिसमा डिप्रेसनका बारेमा आममानिसमा रहेको धारणा र भ्रमलाई चिर्ने काम गरिन्। उनी पछि अन्य अभिनेता तथा अभिनेत्रीले आफू पनि डिप्रेसनको सिकार भएको भन्दै दीपिकाको रोगबारे बोल्ने साहसको तारिफ समेत गरे।
३. सुटिङबीच नै बाबुआमा भेट्न बैङ्लोर यात्रा
बैंगलोरस्थित घर पुग्दा आफ्ना कामहरू आफैं गर्ने उनले बताउँदै आएकी छिन्। ती काम गर्दा दीपिकालाई आनन्द लाग्छ। हालै दीपिकाले आफ्नो 'पद्मावती'को व्यस्त सुटिङ तालिकाका बीच आफ्ना बाबुआमालाई घर सर्ने बेलामा सघाउन पुगेकी थिइन्। यसबाट दीपिकाले बाबुआमाप्रतिको सन्तानको दायित्व जुने स्थानमा पुगे पनि उस्तै हुन्छ भन्ने प्रमाणित गरिन्।
४. आफ्नो बैकिङ तथा कागजी काम आफै
१७ वर्षको उमेरबाट नै दीपिकाले आफ्ना लागि आफै कमाइ गर्न थालेकी हुन्। त्यो उमेरदेखि उनी आफैले संघर्ष गरिन्। स्वावलम्बी बनेकी दीपिकाले आजको दिनमा पनि आफ्ना बैकिङ तथा कागजी कारोबार आफै गर्छिन्।
५. बाल्यकालीन साथीसँग समय बिताउने
नामदामले दीपिकाले गतिलो उचाइ हासिल गरिसकेकी छन्। यसका बाबजुद उनी आफ्ना बाल्यकालीन साथीहरूसँग निश्चित समय अन्तरालमा भेट्छिन् र समय बिताउँछिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।