काठमाडौं– सुदर्शन थापा निर्देशित फिल्म ‘रामकहानी’ लाई अभिनेता भुवन केसी र अभिनेत्री रेखा थापाले प्रशंसा गरेका छन्। आइतबार राजधानीस्थित कुमारी हलमा आयोजित विशेष शो हेरेर फर्कने क्रममा भुवन र रेखाले फिल्मबारे सकारात्मक प्रतिक्रिया दिएका हुन्।
हलबाट बाहिरिंदै गर्दा भुवनले भने, ‘सुदर्शन थापाको निर्देशनले फिल्मलाई राम्रो प्याकेज दिएको छ । मैले मनोरञ्जन लिएँ, फिल्म प्याकेजमा हरेजस्तो लाग्यो।’ उनले भने, ‘प्रेमगीत’बाट ‘रामकहानी’ सम्म आइपुग्दा नायिका पूजा शर्माले बाजी नै मारेकी छिन्, उनलाई शुभकामना।’
अभिनेत्री रेखाले फिल्ममा आकाश श्रेष्ठ, पूजा शर्मालगायत सबै हाँस्यकलाकारको अभिनयबाट आफूले धेरै मज्जा लिएको बताइन् । उनले भनिन्, ‘सुर्दशनको निर्देशनमा यसअघि बनेका फिल्म भन्दा ‘रामकहानी’ केही फरक स्वादको रहेछ, फिल्म टिमलाई बधाई र शुभकामना।’
फिल्म ‘रामकहानी’ शुक्रबारबाट प्रदर्शनमा आएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।