काठमाडौं – पछिल्लो समय गीत संगीतलाई फिल्म प्रचार प्रसारको राम्रो अस्त्रको रुपमा प्रयोग गर्ने गरिएको छ। फिल्म प्रदर्शनअघि नै सार्वजनिक गीतका आधारा फिल्मको सफलता र असफलताका बारेमा समेत भविष्यवाणी हुने गरेको छ। यस मामलामा फिल्म 'छक्का पञ्जा' ब्राण्ड निकै अगाडि देखिन्छ।
यसै क्रममा दसैंबाट प्रदर्शन तयारीमा रहेको ‘छक्का पञ्जा ३’ को ‘फेरि उमेर ढल्कन्छ, पछि कालै पल्कन्छ’ बोलको गीत सार्वजनिक भएको छ। नवलपरासीका विभिन्न स्थानमा छायांकन गरिएको गीतको भिडियोमा फिल्मका ५ मुख्य कलाकारको अभिनय रहेको छ। गीतमा अर्जुन पोखरेल र दीपकराज गिरीको शब्द, अर्जुन पोखरेलकै संगीत ताथ निशान भट्टराई र एन्जिला रेग्मीको स्वर रहेको छ। गीतमा दीपकराज, दिपीका प्रसाईं, जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङको नृत्य छ। उक्त भिडियोमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ।
फिल्मको यसअघि 'पहिलो नम्बरमा' बोलको गीत सार्वजनिक भएको थियो। उक्त गीतले छोटो समयमै १ करोडभन्दा बढी दर्शकको साथ पाइसकेको छ।
फिल्म दीपाश्री निरौलाको निर्देशनमा फिल्मको सिरिज बनेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।