काठमाडौं– सन् १९९३ मा सुरु भएको साफ गोल्डकप सन् २०१८ सम्म आइपुग्दा साफ सुजुकी कप भइसकेको छ। अघिल्लो संस्करणसम्म साफ च्याम्पियनसिपको नाममा खेलिने यो फुटबल प्रतियोगिताको १२ संस्करण सकिदा भारतले ७ पटक उपाधि जितेको छ। माल्दिभ्स, श्रीलंका, अफगानिस्तान र बंगलादेशले १–१ पटक उपाधि जितेका छन्। अफगानिस्तानले गत संस्करणदेखि साफबाट हात झिकेर मध्य एसियाबाट फुटबल खेल्न थालेको छ। अब साफमा रहेका ७ देश मध्ये नेपाल, पाकिस्तान र भुटानले मात्र उपाधि जित्न बाँकी छ। तीनै देशले फाइनलमा समेत स्थान बनाउन सकेका छैनन्।
नेपालले बंगलादेशमा भइरहेको १२ औं संस्करणको प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ। समूह विजेता बनेर अन्तिम चारमा पुगेको नेपाल पाँचौ पटक अन्तिम चारमा पुगेको हो। अब नेपालले भारत, माल्दिभ्स र श्रीलंका मध्ये एक टिमसँग फाइनलमा प्रवेशका लागि बुधबार प्रतिस्पर्धा गर्नेछ। नेपालले बुधबार जित हात पारे पहिलो पटक फाइनलमा स्थान बनाउनेछ।
समूह विजेता बनेको नेपालको यसपटको सुरुवात पनि राम्रो हुन सकेको थिएन। नेपाल पहिलो खेलमा पाकिस्तानसँग २–१ गोलले पराजित भयो। त्यसपछि नेपालले भुटानमाथि ४–० र आयोजक बंगलादेशमाथि २–० को जित निकाल्दै पुनरागमन गर्न सफल भयो।
समूह चरणमा नेपालले ७ गोल गर्दै एकै संस्करणमा बढि गोल गर्नै रेकर्ड बनाएको छ। नेपालले यसअघि एकै प्रतियोगितामा बढी गोल गर्ने क्रममा ६ गोल गरेको थियो। सन् १९९९ नेपालले सेमिफाइनलमा स्थान बनाउदा ६ गोल गरेको थियो। यसपटक भने नेपालले समूह चरणमै ७ गोल गरिसकेको छ। नेपालले समूह चरणमै ७ गोल गरेको पनि यो पहिलो पटक हो।
साफ च्याम्पियनसिपमानेपालको प्रदर्शन
सन् २०१५ – भारत
श्रीलंका १–० नेपाल
भारत ४–१ नेपाल
गरेको गोल – १
खाएको गोल– ५
सन् २०१३– नेपाल
नेपाल २–० बंगलादेश
नेपाल १–१ पाकिस्तान
नेपाल २–१ भारत
सेमिफाइनल
अफगानिस्तान १–० नेपाल
गरेको गोल – ५ गोल
खाएको गोल – ३ गोल
सन् २०११– भारत
नेपाल १–१ माल्दिभ्स
नेपाल १–० बंगलादेश
नेपाल १–१ पाकिस्तान
सेमिफाइनल
अफगानिस्तान १–० नेपाल
गरेको गोल– ३
खाएको गोल– ३
सन् २००९ – बंगलादेश
नेपाल १–१ माल्दिभ्स
नेपाल ०–१ भारत
नेपाल ३–० अफगानिस्तान
गरेको गोल – ४
खाएको गोल – २
सन् २००८ – माल्दिभ्स
नेपाल ०–४ भारत
नेपाल १–४ माल्दिभ्स
नेपाल ४–१ पाकिस्तान
गोल गरेको– ५
गोल खाएको – ९
सन् २००५ – पाकिस्तान
नेपाल १–२ भारत
नेपाल ०–२ बंगलादेश
नेपाल ३–१ भुटान
गोल गरेको – ४
गोल खाएको –५
सन् २००३ – बंगलादेश
नेपाल ०–१ बंगलादेश
नेपाल २–० भुटान
नेपाल २–३ माल्दिभ्स
गोल गरेको – ४
गोल खाएको – ४
सन् १९९९– भारत
नेपाल ३–२ श्रीलंका
नेपाल २–३ माल्दिभ्स
सेमिफाइनल
बंगलादेश २–१ नेपाल
गोल गरेको – ६
गोल खाएको– ७
सन् १९९७ – नेपाल
नेपाल ०– २ पाकिस्तान
नेपाल १–३ श्रीलंका
गोल गरेको – १
गोल खाएको – ५
सन् १९९५ – श्रीलंका
नेपाल ०–२ बंगलादेश
नेपाल २–० पाकिस्तान
सेमिफाइनल
श्रीलंका २–१ नेपाल
गोल गरेको – ३
गोल खाएको– ३
सन् १९९३ – पाकिस्तान
नेपाल १–१ पाकिस्तान
नेपाल ०–० श्रीलंका
नेपाल ०–१ भारत
गोल गरेको –१
गोल खाएको– २
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।