काठमाडौं – बलिउड फिल्म ‘सुई धागाः मेड इन इन्डिया’को नयाँ गीत ‘खटर पटर’ सार्वजनिक भएको छ। गायक पपोनको आवाजमा रहेको गीतमा अभिनेता वरुण धवन र अनुष्का शर्माको मुख्य अभिनय रहेको छ।
गीतमा वरुन ग्रोभरको शब्द तथा अनु मलिकको संगीत रहेको छ।
फिल्म ‘सुई धागा’मा अभिनेत्री अनुष्काको पहिलो पटक ग्ल्यामरविहीन अभिनय देख्न सकिन्छ। शरत कटरियाको निर्देशन रहेको फिल्ममा ग्रामीण परिवेशको कथालाई उठान गरिएको भारतीय सञ्चारमाध्यममा उल्लेख छ।
यसराज फिल्म्सकाे ब्यानरमा निर्माण भएको फिल्म आउदो २८ सेप्टेम्बरबाट प्रदर्शनमा आउनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।