काठमाडौं– नेपाल विद्युत प्राधिकरणले ठूला–ठूला आयोजनामा लगानी गर्न सक्षम रहेको दाबी गरेको छ।
प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले प्राधिकरण दशौं अर्बको जलविद्युत आयोजनामा लगानी गर्न सक्षम रहेको बताएका हुन्। उनले यस वर्ष मात्रै प्राधिकरणले डेढ अर्ब नाफा आर्जन गरेको उल्लेख गर्दै आगामी दिनमा सो नाफा बढेर जाने पनि स्पष्ट पारे।
नेपाल विद्युत प्राधिकरण पूर्व कर्मचारी समाजको तेस्रो वार्षिक साधारण सभालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै प्रबन्ध निर्देशक घिसिङले प्राधिकरणले सञ्चालन गरेको आयोजनाको काममा ढिलाई हुनुको कारणको खोजी गरि अघि बढ्ने योजना पनि अघि सारे।
प्रबन्ध निर्देशक घिसिङले गुणस्तरीय सेवा दिने कामलाई प्राधिकरणले उच्च प्राथमिकता दिएको पनि बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।